सिकाली (खोकना) संकटमा छ

#चुनाब सक्यो!! बिजय जुलुस पनि मनाइयो !!

अब गाउँ ठाउँ बनाउने तर्फ पनि ध्यान दिउँ! हाल सिकाली क्षेत्रमा भइरहेको यो कार्य कत्तिको सहि/गलत हो, आदरणीय खोकनाबासीले जवाफ दिनु पर्छ! सायद सिकाली क्षेत्र खोकनाको स्वामित्वमा नभएकै कारण सरकारले आज यस एतिहासिक क्षेत्रमा टेन्डर आह्वान गरेर मनपरी DPR तयारी पस्चात निर्माण कार्य अघि बढाईएको छ! DPR तयारी गर्ने बेला के स्थानीय सरकार सङ छलफल भएको थियो?? गुठी, देव खलक, सिकाली उपोभोक्ता समिती, जनसरोकार वा कुनै पार्टी र सम्बन्धित निकाय सङ छलफल भएको थियो?

साँस्कृतिक र ऐतिहासिक नगरी खोकना बुङमती जस्तो ठाउँमा निर्माण कार्यको लागि टेन्डर आह्वान गर्नु हुन्न र टेन्डर विधि नै हटाउनु पर्छ भनी निर्णय भैसक्दा पनि यस्तो लापरबाही किन?? यो ढुङ्गाले ओछ्याएर बनाएको खुद्किलोको धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्त्व कति छ यो पुर्ब पश्चिम बाट आएको ठेकेदारलाई के थाहा?? काम गर्ने जिम्मा पाउनु भएको छ, जस्तो निर्देशन छ, त्यस्तै गरेर जानू हुन्छ! सुन्दरता, मौलिकता हरायो त कस्को? यस्को जिम्मा कस्ले लिने??

खेर राम्रो नराम्रो पक्ष त हुन्छ नै, यसले केही हद सम्म वृद्ध बर्ग, बालक र असक्तलाई सहयोग त मिल्ला नै! तर यसो भन्दै गर्दा हामिले हाम्रो पहिचान र मौलिक सुन्दरता मेटिएको टुलुटुलु हेरेर बस्नु पनि त भएन! यसमा हदै सम्म मौलिकता झल्किने गरि संरचना तयार होस्! सिकाली क्षेत्र के हो, खोकनाबासि र सिङ्गो मुलुकलाई यस क्षेत्रको महत्त्व कति छ र यसको सुन्दरता र मौलिकताको पहिचान गरि कार्य अघि बढाइयोस्, हाम्रो चाहना! संम्बन्धित सबै पक्षले पहलकदमी अपनाउनु हुन हार्दिक अनुरोध !! #अब पनि खोकनाबासी मौन बस्यो भने खोनमी भन्न लाज मान्नु पर्छ है!

# जय खोना! #रुद्रायणी माई कि जय! #सिकाली माई कि जय!
Janasarokar Samiti Khokana जनसरोकार समिति खोकना