करिव १०० वर्ष भन्दा अगाडि पाटनकै होनचामा बसोबास गर्ने परिवार पाटन दरवार नजिकै आएर बसोबास गर्न थाले । सबैले होनचा या पिं भन्न थाले । उनिहरुका बालबच्चालाई होनचा या मस्त भन्न थाले । कालान्तरमा तिनीहरुको परिचय नै होनचा हुन पुग्यो ।९० सालको भूकम्प भन्दा केही अगाडि रोजीरोटीका लागि सानो खाजा घर जस्तै खोले । ९० सालको भूकम्पले घर भत्किदा त्यो नसा पस: (खाजा घर)को मुख्य ब्यक्तिको नै घरले थिचिएर मृत्यु भयो । तैपनि बुबाले कान्छी आमा बिबाह गरेर पनि ब्यबसायलाई निरन्तरता दिइरहे ।आज तेश्रो पिढी होनचा नामले नेवारी खाजा घर सञ्चालन गरिरहेका छन् । पकवानमा नयाँ शैली भित्रीयो, भाडावर्तनमा आधुनिकता भित्रीयो । तर नेवारी खाजाले भने निरन्तरता पाइ नै रहेको छ । अहिले त होनचा पनि दुई तीनवटा भइसकेको छ । कृष्ण मन्दिर पछाडि रहेको होनचामा ३४-३५ साल तिर आमाले नै सबै काम गर्नुहुन्थ्यो । तस्बिरमा कान्छो छोरा काखमा राखेर आमा ब्यस्त देखिनु हुन्छ । अहिले आमा बितिसक्नुभयो । ठूली छोरीले मुख्य चुलो धानिरहेको छ । तीनवटै बुहारी र छोरा पनि ब्यस्त रहने गर्दछ । पालो कुरेर बल्ल बस्ने ठाउँ पाउनुहुन्छ । तर पनि कतिबेला को उठ्ला र ठाउँ खाली होला भनेर ग्राहक पर्खेर नै बसिरहन्छ । यो नै होनचाको बिशेषता हो । थरले ब्यञ्जनकार भए पनि प्रायले होनचा नै थर हो कि भन्ने सोच्दछन् ।Source : Sunil Ulak
A Unesco World Heritage, representing a vernacular village and its mustard-oil seed industrial heritage.