चन्द्रमा सुन्दर औषधियुक्त, सितल शान्त र आनन्ददायक तेज प्रकाश दिने र सबैको हित गर्ने भएको ले शिवले शिरमा धारण गर्नु भयो ।चन्द्रमा को महत्व हामी सबैलाई थाहा नभएको चाहीं होईन । चन्द्रमा को पूजा नभएको पनि होईन ।चन्द्रमा को सोरह कलाको आधारमा चाडपर्बहरु नमनाउने पनि होईन । प्राय हामी चन्द्रमा लाई एक महत्वपूर्ण देवताकै रुपमा हेर्दछौ । तर पनि प्रश्न आउंछ चन्द्रमा किन शिवजीको शिरमा चन्द्रकला को रुपमा शोभायमान रहन्छन् । यस्को कारण खोज्न चन्द्रमाको कथाहरु अध्ययन गर्न लागे । चन्द्रमा बारेमा धेरै कथाहरु रहेछन् । मैले मेरो प्रश्न संग सान्दर्भिक कथालाई तीन भाग मा हेर्न खोजेको छु ।१.. पहिलो भाग चन्द्रमा को सत्ताईस दक्ष कन्याहरु संग बिबाह भएको थियो ।१.१. चन्द्रमा लाई दक्ष प्रजापति ले बोलाएर सत्ताईस कन्याहरु कन्यादान दिएर पठाए ।१.२. चन्द्रमा केही समयको लागि त सत्ताईस कन्याहरु पाएर दंग परे । तर पछि पछि गएर चन्द्रमा सिर्फ एक जना रोहिणी संग आकर्षित भएर उनी संग मात्र रस रंगमा भूलेर समय बिताउन लागे१.३. यो देखेर अन्य छब्बीस कन्याहरुले आफुहरु लाई मन नपराएको , अपहेलना गरेको ठानेर पिता दक्ष प्रजापति कहॉ दुखेसो पोखाउन गए । १.४. छोरीहरु को दुःख को कुराहरु सुनेर उनीहरु लाई सान्त्वना दिंदै दक्ष प्रजापति ले चन्द्रमा लाई बोलाउन पठाएर अब उप्रान्त सबै संग समान रुपले ब्यबहार गर्न अनुरोध गरेर छोरीहरु लाई सम्झाएर चन्द्रमा को साथ लगाएर पठाई दिए ।१.५. यसरी सम्झाएर पठाए पछि केही समयको लागि त चन्द्रमा ले सबैलाई समान ब्यबहार गरे । तर समय बित्दै गए पछि चन्द्रमा ले सबै कुराहरु बिर्सेर फ़ेरी रोहिणी संग मात्र रस रंग गरेर समय बिताउन लागे ।१.६. यस्पाली त झन अचाक्ली भयो भनेर छब्बीस जना छोरीहरु रुंदै सिकायत गरेको सुनेपछि दक्ष प्रजापति रिसाएर चन्द्रमा लाई बोलाउन पठाएर सुन्दर सितल तेजवन्त भएको ले यस्ले मेरो कुरा पनि नमानेर घमण्ड गर्न लागेको सोंचेर । त्यो सबै आजैदेखि नष्ट भएर तेज हटेर जावस भनेर श्राप दिए ।१.७. यसरी श्राप पाएपछि चन्द्रमा को तेज हटेर सुन्दर रुप हटेपछि लाज मानेर सुमेरु पर्वत को पछाडि गएर लुकेर बसे ।२.. यस कथामा यी मुख्य मुख्य कुराहरु देखाउन खोजिएको छ ।२.१. चन्द्रमा को खाश गुणहरु चन्द्रमा लाई नै थाहा नभएको कारण सत्ताईस कन्याहरु संग किन बिबाह भएको पनि थाहा भएन । रोहिणी एक जना संग रस रंग भोग गरेर रमाएर बसे ।२.२. चन्द्रमा को तेज प्रवाह सबै सत्ताईस कन्याहरु मार्फत सत्ताईस नक्षत्रहरु को रानीको रुपमा समान रुपमा प्रवाह हुनु पर्ने कुराको पनि ज्ञान भएन ।२.३. चन्द्रमा सुन्दर शान्त तेजवन्त भएको देखेर यसैको घमण्ड होला भनेर सोंचेर दक्ष प्रजापति ले त्यही सोरह कला नष्ट हुने श्राप दिए ।२.४. चन्द्रमा लाई श्राप दिंदा अरुलाइ के असर होला भनेर दक्षलाई पनि थाहा भएन ।२.५. यसरी चन्द्रमा पनि दागी भए ।३.. दोस्रो भाग चन्द्रमा को सोरह कलाहरुको महत्व बुझेर बिष्णु आफै तुरुन्त दक्ष प्रजापति कहॉ गएर श्राप फिर्ता लिन भन्न गएको कथा छ ।तर दक्ष प्रजापतिको एउटा अनुरोध ले गर्दा बिष्णु केही गर्न नसकि शिवजी कहॉ सल्लाह मस्यौदा गर्न कैलाश पुग्नु भयो ।३.१. चन्द्रमा सुमेरु पर्वत को पछाडि गएर धेरै समय सम्म लुकेर बसेपछि स्वर्गका देवताहरुमा हलचल मच्चियो ।सबै जना चन्द्रमा नउदाएको धेरै दिन भयो के भयो भनि खोजनिति गर्न लागे ।३.२. चन्द्रमा श्राप पाएर सबै तेज प्रवाह हराएर लाज़मानेर सुमेरु पर्वत को पछाडि गएर लुकेर बसेको थाहा पाए ।३.३. त्यस्पछि सबै देवताहरु सल्लाह गरेर , बिष्णु कहॉ गएर , सबै बृत्तान्त सुनाएर, यस समस्या लाई तुरुन्त समाधान गर्न बिन्ति गर्दै पुकारा गरे ।३.४. सबै देवताहरुको पुकारा सुनेर बिष्णु आफै दक्ष प्रजापति कहॉ जानु भयो । यसरी बिष्णु भगवानको सवारी भएको देखेर दक्ष प्रजापति खुशि भएर स्वागत सत्कार गरे । त्यस्पछि आउनु को कारण बिन्ति गरे ।३.५. बिष्णु ले दक्ष प्रजापति संग सम्बाद गर्दै भने । हे दक्ष तिमीले चन्द्रमा लाई श्राप दिएको फिर्ता लिएर तुरुन्त श्राप मुक्त गरिदिनु पर्यो । यसैमा सबैको भलाइ छ ।३.६. दक्षले पनि बिन्ति गर्दै भने हे भगवान तपाई ले भनेको मैले नमान्ने भन्ने कुरै आउंदैन । तर तपाई ले पनि मेरो लाज बचाई दिनु पर्यो भनेर बिन्ति गरे ।३.७. दक्षको कुरा सुनेर बिष्णु ले पनि तुरुन्त हुन्छ भने । सोही मौकामा दक्षले आफ्नु श्राप को लाज राख्न अमावस्या एक रात चन्द्रमा को तेज प्रकाश रहित होस भनेर मागे ।अन्य दिनहरुको लागि मुक्त गरिदिएं भनेर बिन्ति गरे ।३.८. त्यस अबस्थामा बिष्णुले नाईनास्ती केही गर्न र भन्न नसकेर हुन्छ भने । तर अब के गर्ने भनेर उपाय नसुझेर तुरुन्त शिवजी संग सल्लाह गर्न कैलाश जानु भयो ।४.. दोस्रो कथामा यी मुख्य मुख्य कुराहरु देखाउन खोजिएको छ ।४.१. चन्द्रमा को सितल शान्त तेज प्रवाह को आबश्यकता देवताहरु लाई पनि पर्दो रहेछन् भन्ने देखाए ।४.२. चन्द्रमा रातको साक्षी भएर बसेका निसानाथ मात्र नभइ यस संसारमा सितल शान्त तेज प्रवाह गरेर बसेका हुनाले वहॉलाइ श्राप दिएर राख्दा वहॉको हित हुने कार्यबाट सबै बन्चित भए ।४.३. त्यस्कारण बिष्णु तुरुन्त दक्ष प्रजापति कहॉ गएर यस्को समाधान को लागि श्राप फिर्ता लिन सम्बाद गर्नु भयो ।४.४. जस्को लागि बिष्णु ले आफुलाई समाधान गर्न अपठ्यारो पर्ने भनेर थाहा पाएर पनि हुन्छ भनेर आएर शिव संग सल्लाह गर्नु पर्यो ।५.. तेस्रो भाग बिष्णु ले दक्ष प्रजापति ले अमावस्या को एक रात चन्द्रमा तेज प्रकाश रहित होस भनेर बिन्ति गरेको कुरा कैलाश गएर शिवजी संग सल्लाह गरे ।५.१. सबभन्दा पहिले आत्तिएर आएका बिष्णु लाई आरामसाथ आसनमा राखेर शिवजीले सबै कुराहरु बृत्तान्त रुपमा सुने ।५.२. चन्द्रमा को महत्व लाई ध्यानमा राखेर शिवले बिष्णु संग गहिरो सल्लाह गरे ।५.३. समय परिस्थिति को बिचार गरी तुरुन्त निर्णय गर्नु पर्ने अबस्था देखेर शिवले चन्द्रमा को तेज प्रवाह को आधारमा शुक्ल पक्ष र कृष्ण पक्ष को तिथिहरु निर्धारण गरिदिनु भयो र अमावस्या को ब्यबस्था गर्नु भयो ।५.४. यसरी यो शुक्ल पक्ष र कृष्ण पक्ष को तिथिहरु संग अमावस्या को दिन शिवजी आफैले बिष्णु संग सल्लाह गरी निर्धारण गर्दा यस्मा चन्द्रमा लाई ठूलो जोखिम पर्न सक्ने संभावना बढ्यो ।५.५. चन्द्रमा को सबैलाई हित गर्ने काममा भएको ले कुनै प्रकार को जोखिम मोल्नु ठिक छैन भनेर शिवले तुरुन्त एउटा अर्को निर्णय गरी चन्द्रमा लाई आफ्नु शिरमा धारण गर्नु भयो ।६.. यस तेस्रो कथामा यी मुख्य मुख्य कुराहरु देखिएकोछ ।६.१. यस्ले शिवजीले चन्द्रमा लाई किन शिरमा धारण गर्नु पर्यो भन्ने देखियो । ६.२. यस्तो अबस्था मा पूर्ण प्राथमिकता दिएर शिवजी आफैले शुक्ल पक्ष र कृष्ण पक्ष र अमावस्या तिथिहरु को निर्धारण गर्नु भएको हो ।६.३. यस्ले चन्द्रमा को सुन्दर औषधियुक्त शितल शान्त र आनन्ददायक तेज प्रकाश प्रवाह गर्ने र यस्बाट सबैलाई फायदा हितकर हुने प्रष्ट देखिन्छ ।
A Unesco World Heritage, representing a vernacular village and its mustard-oil seed industrial heritage.