“ईटा बिछाइएका बाटोको महत्व”

विशेषगरी ख्वोप अर्थात भक्तपुर नगरभित्रका प्राय बाटो अनि गल्लिहरुमा कालोपत्र वा ढलान नभई ईटा बिछाइएको पाइन्छ। यसले ख्वोपको संस्कृतिक र पुरातात्विक सुन्दरतामा थप आकर्षण भर्नुका साथै वातावारनीय हिसाबले पनि सहयोग पुर्याउँछ। वर्षा हुँदा ईटाहरु बिचका प्वालबाट जमिनले पानी शोस्न सक्दछ र जमिन भित्र पानी संकलित गर्छ। बाटो मर्मत गर्दा पनि प्रयोग भएका इटाहरु पुन:प्रयोग गर्न सकिन्छ।
तर आज अधिकांश नेपालमा, बिकासको आडम्बर देखाएर, सबै बाटो-गल्लीहरु कालोपत्र वा ढलान गर्ने प्रवृति बढेको छ। विकास के हो र कसरी गर्ने – सबैले बुझेको देखिदैन।
Source : Cultural Group of Sanga : साँगा साँस्कृतिक समूह